September 9, 2024

६०० मेगावाटका ३ आयोजनाले गरे ह्‍विलिङ चार्ज तिर्ने गरी ग्रिड कनेक्सन सम्झौता

काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रका ३ जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीबीच विद्युत प्रसारणका लागि ‘कनेक्सन एग्रिमेन्ट’ भएको छ ।

दोलखा र मुगु जिल्लामा निर्माण हुने ६०० मेगावाट बराबरका ३ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न जलविद्युत् प्रवद्र्धक र ग्रिड कम्पनीबीच एग्रिमेन्ट भएको हो ।

ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नेत्रप्रसाद ज्ञवाली र प्रवद्र्धक कम्पनीका प्रमुखहरुले सोमबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नासा हाइड्रोपावर लिमिटेडले दोलखामा निर्माण गर्ने १६० मेगावाटको ल्याप्चे खोला, इलिभेट इनर्जी प्रालिले मुगुमा निर्माण गर्ने ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली र एपोलो इनर्जी प्रालिले मुगुमै निर्माण गर्ने १३५ मेगावाटको नमलान खोलाबाट उत्पादित विद्युत् प्रसारण गर्न उक्त सम्झौता गरिएको हो ।

ल्याप्चे खोला प्रसिद्ध उद्योगपति मोतीलाल दुगड तथा माथिल्लो मुगु कर्णाली र नमलान खोला अर्का उद्योगपति पवन गोल्यानको समूहले निर्माण अगाडि बढाइरहेका आयोजना हुन् ।

सम्झौता कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जा सचिव गोपाल सिग्देल, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सिइओ नेत्रप्रसाद ज्ञवालीलगायतको उपस्थिति थियो ।

 

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand