काठमाडौँ । झापामा निर्माण भएको १० मेगावाटको सौर्य ऊर्जा आयोजनाले एक महिनामा ८ लाख युनिट विद्युत उत्पादन गरेको छ ।
निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा आयोजनाले उत्पादन थालेको ३५ दिनको अवधिमा ८ लाख युनिट विद्युत् उत्पादन गरेको हो । तर, १० मेगावाटको आयोजना भएपनि उक्त आयोजनाबाट हाल ६ मेगावाट मात्र बिजुली उत्पादन भइरहेकाे छ ।
कोशी प्रदेशको ठूलो मानिएको उक्त साैर्य परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ १३ गते उद्घाटन गरेका थिए । परियोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रीडमा जडान भइसकेको छ ।
परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट ७.३० रुपैयाँ कायम गरिएको छ ।
#सोलार ऊर्जा #सौर्य परियोजना
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal