April 17, 2024

१० हजार मेगावाट विद्युत बेच्ने सम्झौतामा पूर्व सचिवको बखेडा, सर्वोच्चले माग्यो ‘एमिकस क्युरी’

काठमाडौं । सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा अन्तरिम आदेशसम्बन्धी छलफलका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग एमिकस क्युरी माग गरेको छ ।

रिट निवेदकको माग बमोजिम भारतसँगको सम्झौता संसदबाट पास गराउनुपर्ने हो कि होइन भन्ने सम्बन्धमा सुनुवाइका लागि सर्वोच्च अदालतले एमिकस क्युरीको राय माग गरेको हो ।

ऊर्जा मन्त्रालयका पूर्वसचिव तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का सदस्य समेत रहेका सूर्यनाथ उपाध्यायले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले छलफलमका लागि११ जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता अदालतको सहयोगी (एमिकस क्युरी) का रुपमा पठाइदिन नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनलाई आग्रह गरेको हो ।

उपाध्यायले दायर गरेको रिटमा भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरिएको छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको छ।

न्यायाधीश सुवेदीको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफका लागि १५ दिनको समय दिएको छ। अन्तरिम आदेशबारे छलफलका लागि माघ २३ गते अर्को पेसी तोकिएको छ।

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand