December 2, 2024

एक वर्ष अघि नै बत्ति बलेको कालंगागाडको IPO आउँदै, ज्योति क्यापिटलसँग सम्झौता

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले निष्कासन गर्न लागेको ४९ लाख कित्ता सेयरमध्ये ३४ लाख ९० हजार कित्ता सेयरको प्रत्याभूति ज्योति क्यापिटल लिमिटेडले गर्ने भएको छ । बिहिबार क्यापिटल र हाइड्रो पावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने वारेमा सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कम्पनीका तर्फबाट सञ्चालक तीर्थराज चटौतले हस्ताक्षर गरेका छन् ।

कम्पनीले बझाङमा १५.३३ मेगावाट क्षमताको कालंगागड जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand