November 7, 2024

तीव्र बन्यो ईभी ‘एडप्टेसन’, ६ महिनामा तीन गुणा बढ्यो आयात

काठमाडौं । गत आर्थिक वर्ष (आव) को पहिलो ६ महिनाको दाँजोमा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा विद्युतीय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ ।

गत आव २०७९/८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो । चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ पुगेको छ ।

गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् ।

गत आवभरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेकको तथ्यांक हो ।

तथ्यांकअनुसार गत मंसिरसम्म ३ हजार ६ सय ३६ युनिट ईभी भित्रिएकोमा पुसमा मात्रै १ हजार ४ सय २१ भित्रियो । त्यसमध्ये १ हजार ३ सय २५ कार तथा बाँकी भ्यान छ ।

‘ईभीका प्रयोगकर्ता बढेसँगै यसको फाइदा, कम खर्चलगायत विषयमा एकले अर्कोलाई भन्दै जाँदा यसको एडप्टेसन बढेको हो ।

यसका साथै ईभीलाई बैंकले मूल्यको ८० प्रतिशतसम्म ऋण दिने गरेको र ब्याजदर पनि सस्तो भएकाले पनि यसप्रति ग्राहकहरुको रुची बढेको पाइएको छ । अनलाइन खबर

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand