काठमाडौँ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा पहिचान भएको १०६ मेगावाट क्षमताको जगदुल्ला आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाले उत्पादन अनुमतिपत्र पाएको छ ।
गत पुस २३ गते बसेको ऊर्जा सचिवस्तरीय बैठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको आयोजना प्रबन्धक सुरेश ओलीले बताए । उनका अनुसार विभागले माघ २३ गते उत्पादन अनुमतिपत्र जारी गरेको हो ।
आयोजना सम्पन्न गर्न ब्याजसहित २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको वित्तीय व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ । आगामी फागुन पहिलो साताभित्र वित्तीय व्यवस्थापन सम्झौता गर्ने योजना रहेको प्रवर्द्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनीले जनाएको छ ।
आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को अगुवाईमा नबिल बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल), लक्ष्मी सनराइज र एभरेष्ट बैंकले ऋण लगानी गर्ने तय भएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
आयोजनाको अवस्थितीः कर्णाली प्रदेश, डोल्पा जिल्ला, जगदुल्ला र मुड्केचुला गाउँपालिका
बाँधस्थलः जगदुल्ला गाउँपालिका, वडा नम्बर २ ((हुरिकोट)
विद्युत्गृहः मुड्केचुला गाउँपालिका, वडा नम्बर ४ (ईल)
आयोजनाको क्षमताः १०६ मेगावाट
डिजाइन डिस्चार्जः १६.१२ क्यू मेक प्रतिसेकेण्ड
ग्रस हेडः ७८९.६ मिटर
सुरुङः ६.१ किलोमिटर
कूल ऊर्जा उत्पादनः ६२३.४७ गिगावाट घण्टा
स्रोत : ऊर्जा खबर
#जगदुल्ला हाइड्रोपावर
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal