April 17, 2024

हाइड्रो एक्स्पो र लगानी सम्मेलन : अडानी, अम्बानी, मस्क र ज्याक मा नेपाल आउलान ?

काठमाडौं । आगामी बैशाखमा दोस्रो र तेस्रो साता नेपालमा दुई वटा ठूला इभेन्ट हुँदैछन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको स‌ंस्था, नेपाल (IPPAN) ले हिमालयन हाइड्रो एक्स्पो र नेपाल सरकारले लगानी सम्मेलन आयोजना गर्दै छन् ।

दुवै इभेन्ट एकसाथ आयोजना गर्नुको उद्देश्य नै लगानी सम्मेलनमा आउने पाहुनाहरुलाई हाइड्रो एक्स्पोमा सहभागी गराउने र हाइड्रो एक्स्पोका लागि भनेर आउने पाहुनालाई लगानी सम्मेलनमा सहभागी गराउनु हो ।

सरकारले लगानी सम्मेलनका लागि विश्वका चर्चित अर्बपतिहरुलाई निम्ता पठाइसकेको छ । हाइड्रो एक्स्पोको आयोजक इप्पान पनि लगानी सम्मेलनमा आउन सक्ने सम्भावित पाहुनाहरुलाई निम्तो गर्ने तयारीमा छ ।

अर्थ मन्त्रालयले केही दिनअघि भारतका धनाढ्य अडानी ग्रुपका अध्यक्ष गौतम अडानी, रिलायाय इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी, अलिबाबाका संस्थापक ज्याक मा र टेस्लाका संस्थापक एलन मस्क लगायतलाई लगानी सम्मेलनमा आउन निम्ता पठाइसकेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले केही महिनाअघि भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुँदा अडानी र अम्बानीलाई भेटेरै लगानी सम्मेलनमा आउन निम्ता दिएका थिए । उनले समिटको साइडलाइन छलफलमा अडानी र अम्बानीसँगै छुटाछुट्टै भेटेर सम्मेलनमा आउन आग्रह गरेका थिए।

त्यही बेला अर्थमन्त्री महतले औपचारिक निम्तो पठाउने समेत बताएका थिए । छलफलमा अडानीले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाएका थिए भने अम्बानीले आफ्नो समूहको उच्च तहको व्यक्ति सहभागी हुने बताएका थिए । अडानी र अम्बानीको प्रतिबद्धताले अर्थमन्त्री महत उत्साहित छन्। त्यो प्रतिवद्धता पूरा हुँदा उनीहरुलाई जलविद्युतमा लगानी गर्नका लागि आयोजना देखाउन इप्पान तयार भएर बसेको छ ।

त्यस्तै अलिबाबाका संस्थापक ज्याक माले पनि नेपालमा लगानी गर्न चाहिरहेका छन्। उनले नेपाललाई उच्च प्राथमिकतामा राखेर उच्चस्तरीय राजनीतिक भ्रमण गरिरहेका छन् ।

एलन मस्कको कम्पनी स्पेस एक्सले पनि नेपालको इन्टरनेट क्षेत्रमा लगानीका लागि केही महिनाअघि लाइसेन्स माग्दै नेपाल दूरसंचार प्राधिकरणमा आवेदन दिसकेको छ।

यी धनाड्यहरु नेपाल आएको खण्डमा नेपालवारे विदेशी लगानीकर्ताहरुले सोधखोज बढाउने र जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार र प्रविधिमा लगानी भित्रिने अपेक्षा गरिएको छ ।

स्रोत : बिजमाण्डू

# # # # # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand