October 4, 2024

वनले अध्ययन सहमति नदिंदा ४६१ मेगावाटका ९ आयोजनाको लाइसेन्स खारेज हुँदै !

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ ।

ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत् आयोजनालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकुञ्ज तथा संरक्षण क्षेत्रले अध्ययनका लागि सहमति नै नदिंदा करोडौ रुपैयाँ रोयल्टी तिरिसकेका आयोजनाका लाइसेन्स खारेज हुने अवस्थामा पुगेका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित आयोजनाका प्रवर्द्धकहरूको टोलीले सोमबार वन तथा वातावरण सचिव डा.दीपक खराललाई भेटेर यी आयोजनाको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

निकुञ्ज तथा संरक्षण क्षेत्रमा परेका आयोजनाहरू

१. मिडिल घुन्सा जलविद्युत आयोजना, ३० मेगावाट
२. अप्पर पेल्मा खोला जलविद्युत आयाजना, २४.८ मेगावाट
३. गुम्चे खोला जलविद्युत आयोजना, ७.५ मेगावाट
४. घुन्सा खोला जलविद्युत् आयोजना, १५५ मेगावाट
५. लागाङ खोला (ब्रह्मायणी ए) जलविद्युत आयोजना, ९.७ मेगावाट
६. यान्मा खोला जलविद्युत आयोजना, ६५.८ मेगावाट
७. सिम्बुवा खोला जलविद्युत आयोजना, ४० मेगावाट
८ लाङटाङ खोला जलविद्युत आयोजना २० (३०) मेगावाट
९ अपर बरुण खोला जलविद्युत आयोजना १०९ मेगावाट

स्रोत : URJAKHABAR

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand