काठमाडौं । १० मेगावाटसम्मका सबै जलविद्युत आयोजनाको विद्युत खरीविक्री सम्झौता (PPA) गर्ने नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णयको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN)ले स्वागत गरेको छ ।
इप्पानले बिहीबार एक विज्ञप्ती जारी गर्दै १० मेगावाटसम्मका सबै आयोजनाको पीपीए खुल्ला गर्ने, पीपीए भइसकेका ठूला आयोजनाले २५ प्रतिशतसम्म क्षमता वृद्धि गरेमा टेक अर पे मै पीपीए गर्ने र जडित क्षमतामा १० प्रतिशत रहेको सोलार ऊर्जाको पीपीएको सीमा कुल पीपीएको १० प्रतिशत गर्ने निर्णयको स्वागत गरेको हो ।
सरकारको यो निर्णयले ग्रामिण अर्थतन्त्रमाको विकासबाट समग्र अर्थतन्त्र र रोजगारी सिर्जनामा समेत उल्लेख्य योगदान पुग्ने इप्पानको विश्वास छ । त्यस्तै क्षमता वृद्धि गर्न दिने निर्णयले तत्कालै २५ प्रतिशत थप ऊर्जा उत्पादन हुने र सोलारको सीमा बढाउँदा हिउँदमा भारतबाट आउने विद्युतको हिस्सा कटौती हुँदै जाने पनि इप्पानको विश्वास छ ।
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal