November 15, 2024

१६ मेगावाटको हाइड्रोपावरको निर्माण २ वर्षमै ८५ प्रतिशत पूरा, आगामी ४ महिनाभित्र सक्ने लक्ष्य

चौतारा । १६ दशमलव २६ मेगावाट क्षमताको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण २ वर्षमा ८५ प्रतिशत पूरा भएको छ । बाँकी काम आगामी ४ महिनाभित्रै सम्पन्न गरेर सबैभन्दा छिटो आयोजनाको निर्माण सक्ने गरी प्रवर्द्धक कम्पनीले काम गरिरहेको छ ।

आयोजनाको प्रवर्द्धक हिम रिभर हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक सुदीप चौधरीका अनुसार अन्य प्राविधिक समस्या नआएमा २०८१ जेठमा आयोजनाबाट विद्युत उत्पादन हुनेछ । अहिले आयोजनाको सुरुङ बाँध, पाइपलाइन र पावरहाउसको काम ८५ प्रतिशत सकिएको हो ।

तीन अर्ब ४० करोडभन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आउने वैशाखभित्र सक्ने लक्ष्य लिएइएको छ ।

स्रोत : ऊर्जा खबर

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand