November 15, 2024

च्छोरोल्पा हिमताल नजिकै राखियो सोलार प्लान्ट, ४२०० मिटरको उचाईमा विद्युत सेवा

काठमाडाैँ । दोलखाको पर्यटकी क्षेत्र च्छोरोल्पा हिमताल नजिककैको ‘ना’ गाउँमा विद्युत् सेवा पुगेको छ ।

४ हजार २०० मिटरको उचाइमा रहेको ‘ना’ गाउँ दोलखाको अति दुर्गम गाउँ भएपनि च्छोरोल्पा नजिकको भएकाले पर्यटकीय चहलपहल हुने ठाउँ हो ।

‘ना’ गाउँमा विद्युतीयकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राखेसँगै त्याहाँका होटल तथा होमस्टेका पाहुनाले अध्यारोमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यस्तै गाउँमा अव टेलिफोनको टावर राखेर टेलिफोन र इन्टरनेट सेवा पनि पुर्‍याउने बाटो खुलेको छ ।

विद्युत् र टेलिफोन सेवा पुर्‍याउन चुनौतीको रूपमा रहेको ना गाउँमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् ल्याउन टाढा भएपछि सोलार प्लान्ट राखेर विद्युतीकरण गरेको हो ।

‘ना’ गाउँ गौरीशंकर गाउँपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ उपत्यकामा पर्छ र विश्वको सबैभन्दा ठूलो च्छोरोल्पा हिमताल नजिकैको गाउँ हो । यहाँ बढी हिउँ पर्ने हुँदा मंसिरदेखि चैतसम्म यहाँका स्थानीय बेदिङमा बसोबास गर्छन् ।

‘ना’ गाउँमा सोलार मिनीग्रेडका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत अर्थात ३ करोड १४ लाख ९ हजार १०७ रुपैयाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको ९ लाख ८९ हजार ९ सय रुपैयाँको लागत साझेदारी गरेको छ ।

दुर्गम गाउँ भएकाले व्याट्री र फलामे पोल हेलिकप्टर मार्फत ढुवानी भएको थियो । ‘अब च्छोरोल्पा जानेहरू अध्यारोमा बस्नुपर्ने दिनको अन्त्य भएको छ’ उनले भने ‘अब चाँडै टेलिफोन टावर पनि राखेर मोबाइल चल्छ, मोबाइल चार्ज गर्न र क्यामेराको व्याट्री चार्ज गर्न समेत सहज हुनेछ ।’

स्रोत : ऊर्जा खबर 

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand