April 17, 2024

७ महिनामा १९ अर्बका विद्युतीय सवारी आयात, चार्जिङ स्टेशनको चुनौती

काठमाडौँ– पछिल्लो समय बजारमा विद्युतीय गाडीको माग बढ्दा 7७ महिनामै करीब १९ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी आयात भएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा (साउन–माघ) १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपैयाँ बराबरको आयात भएको थियो।

अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा भने उल्लेख्य वृद्धि भएको हो ।

रसुवा भन्सार कार्यालयका अनुसार चालु आवको सात महिनामा उक्त नाकाबाट ३२ अर्ब ९६ करोड २८ लाख रुपैयाँका सामान आयात भएकोमा सबैभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् ।

पेट्रोल, डिजेल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको सञ्चालन खर्च तीन गुणा कम हुने गरेको व्यवसायीको भनाइ छ । तर पर्याप्त चार्जिङ स्टेसन नहुँदा यसको प्रयोगमा चुनौती देखिएको छ ।

स्रोत : जलसरोकार

 

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand