काठमाडौं । लमजुङ जिल्लामा निर्माण सम्पन्न भएको ७.५ मेगावाटको मिदिम खोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरेको आयोजनाबाट फागुन १६ गतेदेखि परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु भएको हो ।
उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार सबस्टेसनमा जोडिएको छ । प्रवर्द्धक कम्पनीले आयोजनाको स्वीचयार्डदेखि सबस्टेसनसम्मको २६ किलोमिटर ३३ केभी प्रसारण लाइन आफैँले निर्माण गरेको थियो ।
प्रवर्द्धकले हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण जडान गरी प्राधिकरणका प्राविधिकहरूको उपस्थितिमा गत पुस २४ देखि २८ गतेसम्म ‘ड्राई टेस्ट’ गरेको थियो । ‘ड्राइ टेष्ट’पश्चात् संरचनामा पानी भरेर ‘वेट टेष्ट’ गरिएको थियो । आयोजनाको बाँधबाट ३.७३५ किलोमिटर लामो पेनस्टक पाइपमार्फत ल्याइएको पानी विद्युत्गृहमा खसाली बिजुली उत्पादन गरिएको छ । जसबाट वार्षिक ४२.२५ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
आयोजनाको कुल लागत १ अर्ब ४४ करोड रुपैयाँ रहेकोे छ । यसमा ७५ प्रतिशत बैंक ऋण लगानी गरिएको र बाँकी स्वपुजी लगानी गरिएको हो ।
स्रोत : ऊर्जा खबर
#७.५ मेगावाट #मिदिम खोला #लमजुङ
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal