November 15, 2024

बंगलादेशले नेपालसहित छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने

काठमाडौं- बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने भएको छ।

बंगलादेशका ऊर्जामन्त्री नसरुल हामिदले नेपालदेखि बंगलादेशसम्म विद्युत लैजान सकिने डेडिकेटेड लाइनको विकासमा पनि भारतसहित मिलेर काम गर्नुपर्ने र त्यसैले सबैलाई फाइदा हुने बताएका छन्।

‘हामी छिमेकी मुलुकबाट ९ हजार मेगावाट बिजुली आयात गर्न चाहन्छौँ। नेपाल र भुटानबाट जलविद्युत ल्याउने प्रक्रियामा राम्रो प्रगति भएको छ,’ नसरुलले भारतीय उच्च अधिकारीसँगको भेटमा बताएको बंगलादेशी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

उनले भारतीय कम्पनी जीएमआरमार्फत नेपालबाट ५ सय मेगावाट विद्युत् आयात गर्ने काम लगभग अन्तिम चरणमा पुगेको पनि बताएका छन्।

स्रोत : बिजनेश न्युज

#

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand