December 2, 2024

९०० मेगावाटको माथिल्लो कर्णालीलाई छिटो अघि बढाउन कर्णाली सरकारको आग्रह

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कामलाई अगाडि बढाउन आग्रह गरेका छन्।

मुख्यमन्त्री शर्मालाई भेट्न गएका माथिल्लो कर्णाली आयोजनाका प्रतिनिधि केके शर्मालाई आयोजनाको काम छिट्टै अगाडि बढाउन अनुरोध गरेका हुन् ।

माथिल्लो कर्णाली जलविद्युत् कर्णाली प्रदेशसहित मुलुकको महत्वपूर्ण आयोजना भएकाले यसको निर्माणमा तीव्रता दिनुपर्ने  मुख्यमन्त्री शर्माले बताए । उनले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक पहल तथा समन्वयका लागि सरकार सधै तयार रहेको पनि जनाए ।

नौ सय मेगावाट क्षमताको उक्त आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर)ले लिएको छ । तर उसले  माथिल्लो कर्णालीको निर्माण १३ वर्षदेखि अगाडि बढाउन सकेको छैन । जिएमआरले सन् २००८ मा नै आयोजना निर्माणको जिम्मा पाएको थियो । पछिल्लो समय कम्पनीले बंगलादेशमा बिजुली बेच्ने गरी प्रक्रिया अघि बढाइरहेको छ ।

स्रोत : जलसरोकार

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand