April 17, 2024

फेसबुकमा आफ्नै हाकिम विरुद्ध लेखेको भन्दै विद्युत प्राधिकरणद्वारा कर्मचारी निलम्बित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहायक इन्जिनियर दिनेश शिवाकोटीलाई निलम्बन गरेको छ ।

सामाजिक सञ्जालमा संस्थाको हितविपरित गतिविधिहरु गरेका कारण उनी निलम्बनमा परेका हुन् ।

प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयमा कार्यरत शिवाकोटीलाई प्राधिकरणले २३ फागुनदेखि लागु हुने गरी ६० दिनका लागि प्राधिकरणको सेवाबाट निलम्बन गरेको छ ।

सहायक इन्जिनियर शिवाकोटीले सामाजिक सञ्जालको दुरुपयोग गरी प्राधिकरणसम्बन्धी सम्मेदनशील सूचना तथा कर्मचारीको विवरण सार्वजनिक गरेको, कार्यालयमा पेश भएका निवेदनहरू सञ्चार माध्यमहरूलाई उपलब्ध गराएको, प्राधिकरणका पदाधिकारी तथा कर्मचारीलाई फेसबुकमार्फत गालीगलौज र मानमर्दन गरेको तथा कर्मचारीको आचरण पनि पालना नगरेकोले निलम्बन गरिएको प्राधिकरणले पठाएको निल्मबनको पत्रमा उल्लेख छ ।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: example@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand