काठमाडौं । सेयर बजारमा सबैभन्दा शक्तिशाली रहेको वाणिज्य बैंक समूहको शक्ति घट्दै जाँदा हाइड्रोपावर तथा अन्य समूहको शक्ति भने बढ्दै गएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत वर्ष माघ मसान्तसम्म बजारको कुल पूँजीकरणमा बैंकिङ समूहको हिस्सा ३४.६ प्रतिशत रहेकोमा यो माघ मसान्तसम्म आउँदा २६.५ प्रतिशतमा झरेको छ ।
यो अवधिमा हाइड्रोपावर समूहको पूँजीकरण बढेको छ । कुल पूँजीकरणमा यो समूहको हिस्सा गत वर्ष माघ मसान्तसम्म १०.८ प्रतिशत रहेकोमा यो माघ मसान्तमा १५.९ प्रतिशत पुगेको छ ।
नयाँ हाइड्रोपावर कम्पनी थपिने, हकप्रद र बोनस सेयर थपिने तथा अन्य क्षेत्रका तुलनामा यस क्षेत्रका कम्पनीको मूल्य पनि धेरै नघटेकाले हाइड्रोपावरको पूँजीकरण हिस्सा उल्लेख्य बढेको छ ।
माघ मसान्तसम्म हाइड्रोपावर समूहको कुल पूँजीकरण रकम ५ खर्ब २५ अर्ब ६२ करोड छ । यो समूह ५ प्रतिशत बढ्दा यो समूहको कुल पूँजीकरण रकम ५ खर्ब ५१ अर्ब ९० करोड हुन आउँछ भने बजारको कुल पूँजीकरण ३३ खर्ब २८ अर्ब २८ करोड हुन आउँछ । अर्थात्, कुल पूँजीकरण रकम र नेप्से ०.७९५ प्रतिशत बढ्छ ।
अरू समूह स्थिर रहेर हाइड्रोपावर समूह ५ प्रतिशत बढ्दा समग्र बजार परिसूचक नेप्से (नेप्सेको अंक २ हजार हुँदा) १५.८ अंक बढ्छ ।
स्रोत : अनलाइनखबर
#Hydropower #Share Market #जलविद्युत
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal