October 4, 2024

प्रतिमेगावाट १५ करोडमा बन्ने बकान खोला जलविद्युतको ईआइएमा रायसुझाव माग

काठमाडौँ । ४४ मेगावाटको बकान खोला अर्ध जलाशययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

आयोजना अघि बढाउन प्रवर्द्धक कम्पनी समिट इनर्जी सोलुशन प्रालिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) रिपोर्ट तयार पारेपछि वन तथा वातावरण मन्त्रालयले रायसुझावका लागि  सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

संखुवासभाकाे बकान खोलामा निर्माण गरिने प्रस्तावित आयोजनाको बाँध र विद्युत् गृह भोटखोला गाउँपालिका–२ मा रहने छ ।

दैनिक २.१ घण्टा पिकिङ इनर्जी उत्पादन हुने आयोजनाको डिजाइन डिस्चार्ज ५.१५ क्युसेक रहेको छ ।

हेडरेस टनेलको लम्बाइ करिब ३३०७ मिटर, हेडरेस पाइपको लम्बाइ १२९.५ मिटर र व्यास १.८० मिटर तथा पेनस्टक पाइपको लम्बाइ ११६० मिटर र आन्तरिक व्यास १.२ मिटर र प्रेशर साफ्टको लम्बाइ १२२१ मिटर रहेको छ।

१०५२ मिटर लामो हेडरेस रहने आयोजनाबाट वार्षिक औषत २५७.६७ गिगागाट आवर ऊर्जा उत्पादन हुने छ । विद्युत्‌गृहमा २ वटा उत्पादन युनिट रहने छन् ।

प्रस्तावित आयोजनाबाट औसत वार्षिक २५७.६७ गिगावाट आवर (वर्षा याममा ऊर्जा १७८.९६ गिगावाट आवर, सुख्खा यामको कुल ऊर्जा उत्पादन ७८.७१ गिगावाट आवर (सुख्खा मौसमको पिक ऊर्जा उत्पादन१५.१५ गिगावाट आवर र सुख्खा मौसमको नन पिक ऊर्जा उत्पादन ६३.१६ गिगावाट आवर) ऊर्जा उत्पादन हुने रिपोर्टमा उल्लेख छ।

आयोजनाको बिजुली २२० केभी ५५ किलोमिटर लामो प्रसारण लाइनमार्फत सितलपाटी सबस्टेशनमा जोडिने छ । आयोजनामा पुग्न १५ किलोमिटर लामो पहुँच मार्ग निर्माण गर्नुपर्ने छ ।

निर्माण सुरु गरेको ५ वर्षमा पूरा हुने अपेक्षा गरिएको आयोजनाको कुल लागत ६ अर्ब ९४ करोड रुपैयाँ अर्थात प्रतिमेगावाट १५ करोड ७८ लाख रुपैयाँ अनुमान गरिएको छ ।

स्रोत : बिजनेश न्युज

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand