काठमाडौं । लमजुङमा एउटै आयोजनाको लागि दुई नदीमा बाँध बनाएर जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
लमजुङ स्थित न्यादी र फिदी दुवै खोलामा बाँध बान्नुपर्ने २१.४ मेगावाटको न्यादी–फिदी जलविद्युत् आयोजनाको निर्माण अघि बढेको हो ।
नर्थ समिट हाइड्रो लिमिटेडले निर्माण गर्ने उक्त आयोजनाको विस्तृत परियाोजना प्रतिवेदन (DPR) तयार गर्नका लागि हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र इन्नोभेटिभ इन्जिनियरिङ सर्भिस प्रालिसँग सम्झौता भएको छ । उक्त आयोजनाको इन्जिनियरिङ परामर्श सेवा सम्झौता अनुसार करिब ९ महिनामा काम पूरा हुनेछ ।
नदी प्रवाहमा आधारित (ROR) प्रकृतिको यो आयोजनाबाट लक्षित विद्युत् उत्पादन गर्न दुई खोलाको पानी उपयोग गर्नुपर्ने र त्यसका लागि दुवै खोलामा बाँध निर्माण गरिने छ । त्यस्तै आयोजनाको विद्युतगृह पनि दुई नदीको संगमस्थल नजिकै निर्माण हुनेछ ।
त्यस्तै न्यादी खोलाको हेडवर्क्स मर्स्याङ्दी गाउँपालिकाको करीब ३००० मिटर (२९४८.९० मिटर) उचाइको जलुचे र बाहुँनडाँडामा तथा फिदी खोलाको हेडवर्क्स सोही गाउँपालिकाको ३०१४ मिटर उचाइको चेपेबगरमा निर्माण हुनेछ ।
आयोजनाको संक्षिप्त विवरण
नदि: न्यादी र फिदी
स्थान: जलुचे र चेपेबगर
प्रकृति: नदी प्रवाहहमा आधारित (ROR)
ग्रस हेड: ६९५.६६ मिटर
डिजाइन डिस्चार्ज: ३.६० घनमिटर/सेकेण्ड
वार्षिक ऊर्जा: १२७.९५ गिगावाट आवर (GWh)
सुख्खायामको ऊर्जा: ४०.०२ GWh (३१.२८%)
बर्खायामको ऊर्जा: ८७.९२ GWh (६८.७२%)
स्रोत : ऊर्जा खबर
#न्यादी फिदी जलविद्युत आयोजना
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal