काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २ अर्ब लगानीमा ५०० वटा विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ ।
३५ करोड लगानीमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको प्राधिकरणले थप ५०० वटा चार्जिङ स्टेसन निर्माणको तयारी गरेको हो ।
विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगसँगै चार्जिङ पूर्वाधार अभाव भएको भन्दै प्राधिकरणले आफ्नै नेटवर्क बनाउन अर्थ मन्त्रालयसँग २ अर्ब रुपैयाँको स्रोत सुनिश्चिततका मागेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालय आफैले वा दातृ निकायको अनुदानबाट भएपनि स्रोत सुनिश्चितता मागेको बताएका छन् ।
प्राधिकरणले हुलाकी, मध्यपहाडी, पूर्व पश्चिमलगायत मुख्य राजमार्ग र शहरी क्षेत्रहरुमा चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो ।
प्राधिकरणले अर्थमा प्रस्ताव गरेपछि सरकारले चीनसँग अनुदान मागेर चार्जिङ स्टेसन निर्माण गर्ने विषयमा छलफल अघि बढाएको छ । चिनियाँ राजदूतावास चार्जिङ स्टेसन निर्माणका लागि सकारात्मक रहेको बताइएको छ ।
विद्युतीय सवारीको प्रयोग बढ्दै गएपछि प्राधिकरणले ईभी बेच्ने कम्पनीलाई नै चार्जिङ स्टेसन बनाउन निर्देशन पनि दिएको छ ।
प्राधिकरणकाअनुसार साना ठूला सबै गरी अहिले मुलुकभर ३०८ वटा चार्जिङ स्टेसन सञ्चालनमा छन् । भने घरमै सवारीसाधन चार्ज गर्नका लागि छुट्टै मिटर लिनेहरुको संख्या समेत बढ्दो छ ।
स्रोत : क्लिकमान्डू
#इभी #चार्जिङ स्टेशन #नेपाल विद्युत प्राधिकरण
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal