September 9, 2024

भारतसँगको विद्युत् खरिद सम्झौता २ दिनमा सकिँदै, नविकरण नभए शनिवारदेखि लोडसेडिङ !

काठमाडौँ । भारतसँगको विद्युत् खरिद सम्झौताको अवधि सकिन २ दिन मात्र बाँकी छ । यहि मार्च ३० अर्थात चैत्र १७ गतेभित्र सम्झौता नविकरण नभए शनिवार रातीदेखि नै नेपालमा लोडसेडिङ सुरु हुनेछ ।

नेपालले भारतसँग किन्दै आएको बिजुलीको सम्झौता प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ । भारतले भने २ दिन मात्र बाँकी रहँदा पनि सम्झौता नविकरणको टुंगो लगाउन सकेको छैन ।

बैठकमा नेपाल पक्षले निरन्तर रूपमा सम्झौता नवीकरणको प्रस्ताव गरिरहेको छ । तर, लोकसभा चुनावमा भारतलाई २४ घन्टा नै पर्याप्त मात्रामा बिजुली चाहिने भएकाले नेपाललाई दिन नसक्ने भारतीय पक्षको भनाई छ । यद्यपि, नेपाली पक्षले भने कम्तीमा साढे ६०० मेगावाट बिजुली पाउनुपर्ने माग राख्दै आएको छ ।

यसो हुन नसकेमा चैतको बाँकी अवधिदेखि वैशाख र जेठसम्म बिजुली अपुग हुने र लोडसेडिङ हुने पक्का छ ।
स्रोत : रातोपाटी

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand