काठमाडौं । संखुवासभामा निर्माण हुने १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि लगानीको टुंगो लागेको छ ।
२०२४ जुन (असार) भित्र बिश्व बैंकको नेतृत्वमा लगानी सम्बन्धी सम्झौता गर्ने तयारी भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । घिसिङसहितको टोली दुई साता पहिले बिश्व बैंकको मुख्यालय पुगेर लगानको विषयमा टुंगो लगाएर फर्किएको थियो ।
यो आयोजनामा बिश्व बैंकले सहुलियतपूर्ण ऋणमार्फत ८५० मिलियन अमेरिकी डलर (करिब १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ) लगानी गर्न लागेको हो ।
सुरुमा २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा लगानी जुटाएर काम गर्न ढिलाई हुँदा आयोजनाको लागत बढेर २ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढी लाग्ने अनुमान छ ।यो लगानीमध्ये ५३ अर्ब रुपैयाँ स्वदेशी बैक तथा वित्तिय संस्थाबाट जुटाउने योजना छ ।
२०७९ भदौमा स्वदेशी लगानी जुटाउनका लागि सम्झौता भइसकेको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य बैक र नेपाल बैंकले कन्सोर्टिय फर्म बनाएका छन् । अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड र कन्सोर्टियम फर्मका सदस्यहरुबीच द्धिपक्षिय सम्झौता (एमओयु) भइसकेको छ ।
स्रोत : क्लिकमान्डु
#जलविद्युत आयोजना #माथिल्लो अरुण
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal