काठमाडौं । विश्वका २४ वटा मुलुकले नेपालको जलविद्युतमा लगानीको प्रतिबद्धता जाहेर गरेका छन् ।
सुरुमा स्वीजरल्याण्डबाट ऊर्जामूलक उद्योगमा प्रतिबद्धता आएको थियो । त्यसपछि दुई दर्जन मुलुकले लगानी प्रतिबद्धता गरेका छन् ।
जसमध्ये भारतबाट २१ वटा आयोजनामा र चीनबाट १८ वटा आयोजनामा प्रत्यक्ष लगानीको प्रतिबद्धता आएको छ ।
यसबाट नेपालको जलविद्युत क्षेत्रमा भारत र चीनका लगानीकर्ताबिच धेरै लगानीको होड देखिन्छ । तर भारतीय लगानीकर्ताको प्रतिबद्धताको तुलनामा चिनियाँ प्रतिबद्धताको कार्यान्वयनको अवस्था बढी रहेको सरोकारवालाहरू बताउँछन् ।
विदेशी लगानीमा निर्माण (कार्यान्वयनको चरण)मा रहेका आयोजनाको यकिन तथ्याङ्क भने राज्यका कुनै पनि निकायले नराखेको पाइयो ।
९१ वटा आयोजनामध्ये हालसम्म ५ वटा आयोजना मात्रै सम्पन्न भएका छन् र नियमितरुपमा लाभांश लग्दै आएका छन् ।
हालसम्म विदेशी लगानीबाट प्रवर्द्धित भोटेकोसी, मर्स्याङ्दी ए, खिम्ती, अप्परमादी र मकरीगाड आयोजना मात्रै निर्माण सम्पन्न भएर नाफा लगिरहेका छन् ।
यीमध्ये ४५ मेगावाटको भेटेकोसी आयोजनामा अमेरिकन लगानी, ५० मेगावाट क्षमताको मर्स्याङ्दी ‘ए’मा चिनियाँ कम्पनी सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीको लगानी र २५ मेगावाट क्षमताको अप्परमादी जलविद्युत कम्पनीमा समेत चिनियाँ लगानी छ ।
यता १० मेगावाट क्षमताको मकरीगाड आयोजनामा श्रीलंकन लगानी रहेको विभागका इन्जिनियर दुर्गानारायण भुसाल बताउँछन् ।
स्रोत : रातोपाटी
#जलविद्युत #विदेशी लगानी
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal