September 9, 2024

६०० मेगावाटका ४ विद्युत आयोजनामा १ खर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत, ‘२५० मेगावाट सोलार’

काठमाडौं । लगानी बोर्ड नेपालले करिब ६०० मेगावाट क्षमताका ४ विद्युत् आयोजनाका लागि झन्डै १ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

बोर्ड अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको बोर्डको ५७औँ बैठकले सो लगानी स्वीकृत गरेको हो ।

बैठकले स्वीकृत गरेका मध्ये सिंगापुरको रिजेन इनर्जीले काेहलपुर तथा बाणग‌ंगामा निर्माण गर्न प्रस्ताव गरेको २५० मेगावाटको सौर्य विद्युत् परियोजनाका लागि २१ अर्ब १० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । त्यस्तै विदेशी लगानीकै १३९.२ मेगावाटको लोवर मनाङ मर्स्याङ्दी जलविद्युत परियोजनाका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

त्यस्तै बैठकले १६६ मेगावाटको सुपर तमोर आयोजनाका लागि ३४ अर्ब ५९ करोड रुपैयाँ र ४२ मेगावाटको अप्पर मोदी ‘ए’ का लागि १० अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

स्रोत : ऊर्जा खबर

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand