September 9, 2024

४८० मेगावाटको फुकोट कर्णाली जलविद्युतको मुआब्जा वितरण सुरु

काठमाडौं । कर्णाली प्रदेशकाे कालीकोटमा पहिचान भएकाे ४८० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको मुआब्जा वितरण सुरु भएको छ ।

आयोजनाबाट प्रभावित हुने क्षेत्रका स्थानीयले पाउने मुआब्जा रकम वितरण अन्तर्गत २० रोपनी जग्गाको  मुआब्जा वितरण भएको छ ।

खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र पचाँल झरना गाउँपालिकाका स्थानीयको घर, जग्गा र टहराको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको जनाइएको छ ।

जलविद्युत् आयोजना निर्माण हुने सान्नी त्रिवेणी गाउँपालिकाको सिस्नेगडा ड्यामसाइडदेखि डुबान क्षेत्र पचाल झरना गाउँपालिकाको भुराबगरसम्मको एक हजार २० रोपनी जग्गाको मुआब्जा रकम वितरण गरिएको हो ।

स्रोत : ऊर्जा सञ्चार

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand