September 9, 2024

GDP मा विद्युत तथा ग्यास क्षेत्रको वृद्धिदर १७ प्रतिशत, ‘दोस्रो सर्वाधिक धेरै’

काठमाडौं । देशको कुल गार्हस्थ उत्पादन (GDP) मा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर करिब १७ प्रतिशत देखिएको छ ।

यो आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो त्रैमासिक र आव २०८०/८१ को सोही अवधिको तुलना गर्दा देखिएको वृद्धि हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आव २०८०/८१ को दोस्रो त्रैमासिकको जिडिपीमा आवास तथा भोजनसँग सम्बन्धित क्षेत्रको सबैभन्दा बढी २९.३ प्रतिशत र द‍ोस्रो सर्वाधिक विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर १७.१ प्रतिशतको रहेको छ ।

चालु आवको प्रथम त्रैमासिक (साउन, भदौ र असोज) को तुलनामा दोस्रो त्रैमासिक (कात्तिक, मंसिर र पुस) को प्रारम्भिक अनुमानमा पनि विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर ९ प्रतिशत हुने देखिएको छ ।

स्रोत : ऊर्जा खबर

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand