काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको समस्या समाधान गर्न २ हजारदेखि २२०० मेगावाटसम्मका सौर्य आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको बताएका छन् ।
वीरगन्जमा आयोजना गरेको ‘वीरगन्जको वाणी’ को पहिलो सत्र ‘उद्योग र व्यापार, खोई पूर्वाधार ?’ सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो उत्पादन बढीरहेको छ, वार्षिक रूपमा ७/८ सय मेगावाट विद्युत् प्रणालीमा थपिँदै छन्, यो आर्थिक वर्षभित्र करिब ६०० मेगावाट विद्युत् प्रणालीमा थपिँदै छ,’ उनले भने, ‘सोलार प्लान्ट पनि थप्दैछौँ, एक महिनापछि बढी भएको विद्युत् कसरी खपत गर्ने र निर्यात कसरी गर्ने भन्ने अवस्था आउन सक्छ ।’
प्राधिकरणले सौर्य ऊर्जाको विडिङ प्रक्रिया खुल्ला गरिसकेको छ । वीरगन्जमा मात्रै २०० मेगावटको विड गरेकाे घिसिङले जानकारी दिए । वीरगन्ज क्षेत्रमा भोल्टेजको समस्या भएको र त्यस क्षेत्रमा आफ्नै उत्पादन नभएको जानकारी दिँदै त्यस क्षेत्रकाका लागि सोलार प्लान्ट आवश्यक रहेको बताए । सौर्य ऊर्जा निर्माण सुरु भएको एकदेखि दुई वर्षभित्र सम्पन्न गर्न सकिन्छ ।
स्रोत : ऊर्जा सञ्चार
#कुलमान घिसिङ #सोलार
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal