काठमाडौं ।वि.स. २०८० मा २३ विद्युत आयोजनाबाट ५३३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । योसँगै नेपालको विद्युत् उत्पादनको कुल जडित क्षमता झण्डै ३१ सय मेगावाट पुगेको छ ।
कुन महिना कति बिजुली थपीयो ?
वैशाख :
-सौर्य विद्युत पावर कम्पनीले विकास गरेको २ मेगावाटको सौर्य विद्युत आयोजना ।
-प्योर इनर्जी प्रालिले विकास गरेको १० मेगावाटको सौर्य विद्युत् आयोजना ।
जम्मा २ आयोजनाको १२ मेगावाट ।
जेठ :
-पिपुल्स हाइड्रो पावर कम्पनीद्धारा निर्मित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजना ।
जम्मा १ आयोजनाको ५४ मेगावाट ।
असार :
-बेनी हाइड्रो पावर प्रोजेक्ट प्रालिले विकास गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु आयोजना ।
-मायाखोला हाइड्रो हाइड्रोपावर कम्पनी प्रालिले विकास गरेको १४.९ मेगावाटको माया खोला जलविद्युत् आयोजना ।
जम्मा २ आयोजनाको ३४.७ मेगावाट ।
साउन :
-गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गरेको ९७० किलोवाट क्षमताको घट्टे खोला जलविद्युत् आयोजना ।
-ग्लोबल हाइड्रोपावर एसोशिएट प्रालिले विकास गरेको ५२.४ मेगावाट क्षमता रहेको लिखु–२ जलविद्युत् आयोजना ।
-रिभर फल्स हाइड्रोपावर डेभलपमेन्ट प्रालिले विकास गरेको १०.३ मेगावाटको डाउन पिलुवा जलविद्युत् आयोजना ।
-अपी पावर कम्पनी लिमिटेडले विकास गरेको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना ।
जम्मा ४ आयोजनाको १०३.६७ मेगावाट ।
भदौ :
-बुङ्गल हाइड्रो प्रालिले विकास गरेको १०.७ मेगावाटको माथिल्लो सनिगाढ जलविद्युत् आयोजना ।
-म्याग्दी हाइड्रोपावर प्रालिको १४ मेगावाटको घरखोला जलविद्युत् आयोजना ।
जम्मा २ आयोजना २७.७ मेगावाट ।
असोज :
-साञ्जेन हाइड्रोपावर कम्पनी लिमिटेडको १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना ।
जम्मा १ आयोजना १४.८ मेगावाट ।
मंसिर :
-गेलुन हाइड्रोपावर कम्पनीको ३.२ मेगावाट क्षमताको गेलुन खोला जलविद्युत आयोजना ।
-मकर जितुमाया जलविद्युत् कम्पनीको ७ मेगावाट क्षमताको अप्पर सुरी जलविद्युत आयोजना ।
जम्मा २ आयोजना १०.२ मेगावाट ।
पुस :
-पियोर इनर्जी प्रालिले बाँकेमा निर्माण गरेको १० मोगावाटको सौर्य विद्युत् आयोजना ।
जम्मा १ आयोजना १० मेगावाट ।
माघ :
-रिजलाइन इनर्जी प्रालिको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना ।
-झापा इनर्जी लिमिटेडको १० मेगावाटको सौर्य विद्युत् परियोजना ।
-माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजना ।
जम्मा ३ आयोजना ३३.०८ मेगावाट
फागुन :
याम्बलिङ हाइड्रो पावर प्रालिले विकास गरेको ७.२ मेगावाटको याम्बलिङ खोला जलविद्युत् आयोजना ।
जम्मा १ आयोजना ७.२ मेगावाट ।
चैत :
-पान हिमालय इनर्जी प्रालिले निर्माण गरेको ७७ मेगावाट क्षमताको लिुख–१ जलविद्युत् आयोजना ।
-भुजुङ हाइड्रोपावर प्रालिको ७.५ मेगावाटको अपर मिदिम जलविद्युत आयोजना ।
-निलगिरि हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेको ७१ मेगावाटको निलगिरि खोला–२ क्यास्केड जलविद्युत् आयोजना ।
-सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले निर्माण गरेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजना ।
जम्मा ४ आयोजना २२८.५ मेगावाट ।
कुल जम्मा २३ आयोजना, ५३३ मेगावाट ।
२०८० चैतसम्म कुल जडित क्षमता ३१०० मेगावाट ।
#जलविद्युत #वर्ष २०८०
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal