काठमाडौं । विद्युत उत्पादनमा हाम फालेको साढे दुई दशकसम्म ५ आयोजनाबाट ७४ मेगावाट विद्युत उत्पादन गरेको सानिमा समूहले ७३ मेगावाटको एउटै आयोजनाबाट विद्युत उत्पादन गरेको छ ।
यसअघि सानिमा हाइड्रोले सिन्धुपाल्चोकमा २.६ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना, इलाममा २२ मेगावाटको सानिमा माई जलविद्युत आयोजना, ७ मेगावाटको सानिमा माई क्यासकेड जलविद्युत आयोजना, रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना र रामेछापमा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको थियो।
यस्तै, दोलखामा ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजना निर्माणको चरणमा छ ।
स्रोत : Urjakhabar
#उत्पादन #जलविद्युत #सानिमा हाइड्रो
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal