September 9, 2024

लगानी सम्मेलनको शोकेशमा १२१६ मेगावाटको खिम्ति-शिवालय, बंगलादेशसँग समझौताकाे अपेक्षा

काठमाडौं । सरकारले रामेछाप र दोलखाको सिमामा १२१६ मेगावाटको खिम्ती- ठोसे – शिवालय जलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउने भएको छ ।

लगानी बोर्ड नेपालले उक्त आयोजना आगामी बैंशाख १६ र १७ गते हुने लगानी सम्मेलनको सोकेसमा राख्ने भएको हो ।

प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको आयोजना लगानी सम्मेलनमा समावेश गर्न लागिएको सबैभन्दा ठूलो आयोजना रहेको आयोजना इन्जिनियर राजेश श्रेष्ठले बताए ।

अरुण ३ मोडालिटीमा बंगलादेशका लगानीकर्ताको चासो रहेको उक्त आयोजनामा सम्भवतः बंगलादेशकै लगानीमा निर्माण अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

लगानी बोर्डका अनुसार उक्त आयोजना बंगलादेशले बनाउने र विद्युत पनि लैजाने गरी लगानी गर्न खोजेका छन् ।

२ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना निर्माण सुरु भएको ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनालाई १ हजार ७०० मेगावाटसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको भएतापनि अझै टुंगो भने लागेको छैन ।

विद्युत् विकास विभागले यसको अध्ययन गरिरहेको छ । ‘आयोजनाको अध्ययनको काम द्रुत गतिमा चलिरहेको छ’ उनले भने ।

यो आयोजना दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माण हुनेछ । ठोसे-शिवालय – खिम्ती नदीमा बाँध बनाएर विद्युत् उत्पादन गर्न सकिने अनुमान छ ।

बाँधको उचाइ २३१ मिटर हुनेछ । शिवालयमा बाँध बनाएर करिब १४ किमी सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन गरिनेछ ।

स्रोत : Urjasanchar

# # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand