इलाम । इलाममा बिजुलीको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवर रहेकोे प्रहरीले जानकारी दिएको छ ।
इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका ८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । ११ केभी लाइन सामान्यतया घरयासी प्रयोगमा लगानी सबैभन्दा सानो क्षमताको वितरण लाइन हो ।
कुँवरको शव डढेको अवस्थामा बिजुलीको पोलबाट खसेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। घटनाको वारेमा थप अनुसन्धन भइरहेको छ ।
स्रोत : jalsarokar.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal