काठमाडौं । नेपालमै पहिलोपटक ट्रान्सफरमर निर्माता कम्पनी निकले सवस्टेशन प्याकेज उत्पादन गर्ने भएको छ । निकले भारतको स्नाइडर इलेक्ट्रिक कम्पनीबाट अनुमतिपत्र प्राप्त गरी नेपालमै प्याकेज सवस्टेशन उत्पादन गर्न लागेको हो ।
यो भनेको एउटै कम्पनीले सबै प्याकेजका सामान उत्पादन गर्ने र सहज रुपमा जडान तथा मर्मत सम्भार सुविधा भएको एकै डल्लोमा आउने सवस्टेशन हो ।
निकका प्रबन्ध निर्देशक कुशकुमार जोशीले विद्युतीकरण तथा प्रविधि आयात एवम् प्रयोगमा कम्पनीले नयाँ सुरुवात गरेको बताउँदै यस्तो सबस्टेसन औद्योगिक क्षेत्र, सिँचाइ, खानेपानी, कर्पोरेट अफिस, टेलिकम लगायतमा बढी उपयोगी हुने जानकारी दिए । यसबाट विद्युतीय दुर्घटना कम हुनुका साथै प्राविधिक चुहावट पनि कम्ती हुने उनको भनाइ छ ।
प्राधिकरणले भविष्यमा विस्तार गर्ने साना–साना सबस्टेसन तथा उद्योग, कलकारखानामा यस खालको ‘ढिक्के सबस्टेशन’ले पुरानो प्रविधिलाई विस्थापित तथा स्तरोन्नति गर्न सक्ने विश्वास गरिएको छ ।
स्रोत : Urjakhabar
#निक #सवस्टेशन
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal