September 9, 2024

नेपालमा एमसीसीको पहिलाे ठेक्का : बुटवल सबस्टेसन निर्माणको जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं । एमसिए-नेपालले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४०० केभीको नयाँ बुटवल सबस्टेसन निर्माणका लागि लिङ्कसन इण्डिया प्रालिसंग सम्झौता गरेको छ ।

बिहीवार नवलपरासीमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसन, स्थानीय अधिकारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकी राजदूत महामहिम डीन आर. थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्न अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यो ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको बताए । उनले यो प्रसारणलाइनले सीमापार ऊर्जा व्यापारका लागि विद्यमान २२० केभी सबस्टेशनलाई सघाउ पुग्ने बताए ।

कार्यक्रमका क्रममा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पार्दै एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको बताए । उनले बाँकी दुई वटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा पनि छिट्टै हस्ताक्षर हुने बताए ।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand