October 4, 2024

कर्णाली प्रदेशको मुहार फेर्ने विद्युत आयोजनामा नबिल बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

काठमाडौं । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा नबिल बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन भएको छ ।

नबिल बैंकले कन्सोर्टियम फर्मको नेतृत्व गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्दा, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ४ अर्ब रुपैयाँ, कर्मचारी सञ्चयकोषले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब रुपैयाँ र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।

आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ स्वपुँजी (सेयर) बाट जुटाइनेछ ।

कन्सोर्टियम फर्मका तर्फबाट नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ ज्ञानेन्द्र ढुंगाना र जगदुल्ला जलविद्युत कम्पनीका सीईओ सञ्जय सापकोटाले २०८१ जेठ २ गते सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

ऊर्जामन्त्री शक्ति बहादुर बस्नेतको उपस्थितिमा सम्झौता गरिएको हो ।  ऊर्जा मन्त्री बस्नेतले तीनवटै सरकारको यसमा सहभागिता हुने बताए ।

आयोजना सम्पन्न भएपछि वार्षिक ४ अर्ब ४० लाख रुपैयाँको विद्युत विक्री हुनेछ । अर्को वर्षबाट निर्माण सुरु भई ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अर्ध-जलाशय प्रकृतिको प्रस्तावित जलविद्युत्  आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा निर्माण हुनेछ ।  कम्पनीले १२० मेगावाटको जगदुल्ला ‘ए’  क्यासकेड जलविद्युत आयोजनासमेत निर्माण गर्न लागेको छ ।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand