September 9, 2024

विद्युत नियमन आयोगको अध्यक्षमा ८ जनाको आवेदन, पूर्व अध्यक्ष दिल्लीबहादुरको दोहोरिने दाऊ

काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि  आठ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि बुधबारसम्म आवेदन दिने अन्तिम दिन थियो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार अध्यक्षका लागि निवर्तमान अध्यक्ष दिल्लीबहादुर सिंह, डा. रामप्रसाद धिताल, मोतिबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, कृष्णसिंह बस्नेत, चन्द्रसिंह साउद, अर्जुनजङ्ग थापा र कुशेश्वरप्रसाद साहले आवेदन दिएका छन् ।

सदस्यका लागि जयराम भण्डारी, चूडामणि चापागाई, डा. मधुसुदन अधिकारी, सुरेशबहादुर भट्ट, भागीरथी भट्टराई ज्ञवाली, कृष्णसिंह बस्नेत, शकुन्तला ढकाल मरहट्ठा, झमकप्रसाद शर्मा, कुशेश्वरप्रसाद साह, डा. सूर्यकुमार सापकोटा र जेनी पुरीले आवेदन दिएका छन् ।

मन्त्रालयले गत वैशाख २६ गते १५ दिनभित्र आवेदन दिन सार्वजनिक सूचना आह्वान गरेको थियो । सूचनाअनुसार, एक अध्यक्ष र तीन सदस्यका लागि आवेदन माग गरिएको थियो ।

#

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand