September 9, 2024

लक्ष्मी सनराइज बैंकको अगुवाइमा ४१ मेगावाटको सुपर बागमतीमा ७ अर्ब कर्जा लगानीको टुंगो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा ४१.३१४ मेगावाटको सुपर वागमती जलविद्युत आयोजनामा लगानी गरिने भएको छ ।

उक्त परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक/संस्थापकहरुको लगानी रहने छ ।

यस परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिबद्धता ३.४ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुमध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेसनलको १ अर्ब लगानी रहेको छ ।

ललितपुर र मकवानपुर जिल्लास्थित वागमती नदीमा निर्माण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो वागमती जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब २८करोड रहेको बताइएको छ ।

सुपर वागमती हाइड्रोपावरले २०७८ माघ १२ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिई २०८० असार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । उक्त कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकसन रहेका छन् ।

यस आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपछि वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand