काठमाडौं । नेपालबाट यो वर्ष मध्ये जेठबाटै भारततर्फ विद्युत निर्यात सुरु भएको छ ।
बंगालको खाडीमा विकसीत चक्रावतका कारण नेपालमा मौसम सक्रिय हुने अनुमान गरेभन्दा पहिलेनै वर्षायाम सुरुभएसँगै खोला तथा नदीहरुमा पानीको बहाव बढेर जलविद्युत गृहहरुबाट विद्युत् उत्पादन वृद्धि भएपछि भारततर्फ विद्युत् निर्यात सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ राति) बाट भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको छ।
खोला तथा नदीमा पानीको बहाव बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन वृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिकरुपमा ४ सय मेगावाटको हाराहारीमा विद्युत् भारत निर्यात भइरहेको बताएका छन् ।
#निर्यात #भारत #विद्युत
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal