काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ।
मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहालले अडिट २ मा स्वीच थिचेर सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन्।
प्रधानमन्त्री दाहालले अरुण तेस्रो ‘ड्यामसाइट’ र ‘पावरहाउस’को हेलिकोप्टरबाटै अनुगमनसमेत गरेका छन्।
भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेबिएन) ले निर्माण गरिरहेको उक्त आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ ।
#अरुण तेस्रो #जलविद्युत
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal