काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले विदेशीहरुको महँगो ब्याजदर भएको ऋण लिएर नेपाललाई ऋणको पासोमा पार्ने गरी बुढीगण्डकी जलविद्युत आयोजना बनाउन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको असार २ गते आइतबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले बूढीगण्डकी आयोजना कसले, कसरी र कहिले बनाउने भन्नेमा सरकार स्पष्ट हुनुपर्ने उल्लेख गरे ।
‘एकपटक विदेशी कम्पनीलाई जिम्मा दिने निर्णय गरेर फिर्ता गरेका छौँ । यसका लागि सहुलियत ऋण भेटिए राम्रो हो । तर ऋणको पासोमा पर्नेगरी विदेशीको महँगो ऋण लिनु हुँदैन’ उनले भने ।
सांसद शर्माले उक्त आयोजनाका लागि मुअब्जा वितरणको काम लगभग पूरा भएको उल्लेख गर्दै कुन ढाँचामा आयोजना अगाडि बढाउने भन्ने विषयको प्रतिवेदन प्राप्त भइसकेको अवस्थामा सरकारले कुन ढाँचामा जाने भन्ने निर्णय समयमै गर्नुपर्ने बताए ।
उनले यसका लागि सरकार, डास्पोरा–निजी (जिडिपी) क्षेत्र ढाँचा उपयुक्त विकल्प हुनसक्ने सुझाव दिँदै बजेट अभाव छ वा सङ्कटको अवस्था छ भनेर भाग्ने काम उचित नभएको बताए ।
सांसद शर्माले उक्त आयोजनालाई अगाडि बढाइ सो क्षेत्रमा ‘नेप्लिज फल्स’ नामक पर्यटकीय गन्तव्य बनाउन सकिने पनि बताए । सो आयोजना अघि बढाउन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनेमा पनि शर्माले विश्वास व्यक्त गरे ।
#जलविद्युत #नेप्लिज फल्स #बुढीगण्डकी
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal