November 15, 2024

विद्युत् नियमन आयोगका अध्यक्ष धिताल तथा सदस्य अधिकारी र शर्माले लिए शपथ

काठमाडौ‌ । विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डा. धिताललाई नियमन आयोगको अध्यक्षमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।

अध्यक्ष धितालको शपथ लगत्तै आयोगका सदस्य डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराए । डा. धिताल यस अघि आयोगको सदस्यको भूमिकामा थिए ।

उनी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक समेत हुन् । असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरुमा डा. अधिकारी र शर्मालाई नियुक्त गरेको थियो ।

शपथ ग्रहणका दौरान ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे ।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand