October 4, 2024

रिडी पावर कम्पनीको अध्यक्षमा कुवेरमणि नेपाल नियुक्त, न्यौपानेले दिए राजिनामा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुवेरमणी नेपाल चयन भएका छन् । शुक्रवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

कम्पनीमा यस अघि सञ्जिव न्यौपाने अध्यक्ष रहेका थिए । उनले कार्यव्यस्तताको कारण देखाउँदै राजिनामा दिएपछि उनको राजिनामा स्वीकृत गरेर नेपाललाई अध्यक्ष नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्ष नेपाल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (IPPAN) का कार्यसमिति सदस्य हुन् ।

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand