December 2, 2024

विद्युत प्राधिकरणले स्थानीय सरकारलाई पनि दियो किस्ताबन्दीमा महसुल तिर्ने सुविधा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणसँग रहेको सडक बत्तीको बक्यौता महसुल स्थानीय तहहरूले किस्ताबन्दीमा बुझाउन पाउने भएका छन् । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै स्थानीय तहको बाँकी बक्यौता ५ वर्षे तालिका बनाएर किस्ताबन्दीमा तिर्न सकिने जनाएको हो ।

प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरूले तिर्नुपर्ने थप दस्तुर सहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको  छ ।

सम्बन्धित स्थानीय तहहरूले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्नेछन् ।

# # # #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand