३१ असार, काठमाडौं । जलविद्युत उद्यमी दीपक खड्का ऊर्जा मन्त्री बन्ने भएका छन् ।
मेन्छियाम हाइड्रोपवार कम्पनीका अध्यक्ष खड्काले संखुवासभामा पिलुवा खोला १ र २ गरी करीब १५ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माण गरेका छन् ।
संखुवासभाबाट नेपाली कांग्रेसका तर्फबाट प्रतक्ष चुनाव जितेका खड्का यस अघि पनि राज्य मन्त्री भइसकेका छन् ।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रको प्रतिनिधित्व गरेकाले सरकारमा रहँदा पनि खड्काले पूर्ववत मन्त्रीहरुको तुलनामा निजी क्षेत्रको पक्षमा थप सुधारका कामहरु गर्ने निजी क्षेत्रको अपेक्षा छ ।
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal