December 2, 2024

पीपीएको पाइपलाईनमा बसेका आयोजनाको क्षमता १३ हजार २७३ मेगावाट पुग्यो

२३ भदौ, काठमाडौं । मुलुकमा निजी क्षेत्रले उत्पादन गर्ने बिजुलीको एकमात्र खरिदकर्ता नेपाल विद्युत् प्राधिकरणमा हालसम्म १३ हजार २ सय ७३ मेगावाट क्षमताका २०७ वटा विद्युत् आयोजना विद्युत खरिद सम्झौता (PPA) को पाइपलाइनमा बसेका छन् ।

तीन हजार ९ सय २६ मेगावाटका १६४ वटा नदी प्रवाही (ROR) आयोजनाको पीपीएका लागि निवेदन परेको छ भने ६ हजार २ सय ६७ मेगावाटका ३९ वटा अर्धजलाशययुुक्त (PRoR)आयोजनाको पनि पीपीएका लागि निवेदन परेको छ । त्यस्तै ३ हजार ८० मेगावाट क्षमताका ४ वटा जलाशययुक्त जलविद्युत आयोजनाको पनि पीपीएका लागि आवेदन परेको छ ।

अर्थ मन्त्रालयले बिजुली खपत हुन नसकी घाटा हुने भएमा त्यसको जिम्मा खुद प्राधिकरण हुने भनेर ग्यारेन्टी बस्न नमानेपछि प्राधिकरणले विगत ४ वर्षदेखि (ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनको पालामा १५०० मेगावाट र शक्ति बस्नेतको पालामा १० मेगावाट भन्दा साना बाहेक) पीपीए गर्न रोक लगाएको छ ।

गत आव २०८०/८१ मा निजी क्षेत्रका २३ वटा जलविद्युत् आयोजना (कुल जडित क्षमता ४६३.२६ मेगावाट) सम्पन्न भई प्रणालीमा जोडिएका छन् । योसमेत गरी मुलुकको कुल विद्युत् जडित क्षमतामा निजी क्षेत्रको योगदान २४९६ मेगावाट पुगेको छ । प्रणालीमा कुल ३२०० मेगावाट विद्युत उपलब्ध छ ।

प्राधिकरणका अनुसार आव २०८०/८१ मा ७४०.३४ मेगावाटका १४ वटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन छन् । त्यसैगरी  २३७६.३० मेगावाटका ६३ आयोजना विभिन्न चरणमा छन् । नेपाल विद्युत् प्राधिकरणले हालसम्म १० हजार तीन सय एक मेगावाटको कुल ४५५ वटा आयोजनाको विद्यु्त् खरीद सम्झौता (पीपीए) गरेको छ ।

यसमध्ये नदी प्रवाहीका ६ हजार ४ सय ९१ मेगावाटका ३७८ वटा आयोजना छन् । अर्धजलाशययुक्त  ४४ वटा आयोजनाको जडित क्षमता तीन हजार ४ सय ५८ मेगावाट छ ।

प्राधिकरणले आफ्नै सहायक कम्पनी तनहुँ हाइड्रो (१४० मेगावाट) को जलाशययुक्त प्रणालीको पीपीए गरेको छ । त्यसैगरी बगासको २ वटा (६ मेगावाट) र ३० वटा सौर्यको २०५ मेगावाटको पीपीए भएको छ । जलसरोकारबाट

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand