काठमाडौँ । नेपालमा एक महिनाभित्र ४०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
मुलुकको विभिन्न क्षेत्रमा निर्धाणाधीन तथा निर्माण सम्पन्न भई परीक्षणका चरणमा रहेका जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा थपिने नेपाल विद्युत् प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।
उनका अनुसार १११ मेगावाटको रसुवागढी, ४२.४ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसीकाे बिजुली राष्ट्रिय प्रणालीमा थपिन लागेको हाे । यसैगरी, तमोरबाट ७२ मेगावाट, म्याग्दी र लिखुबाट ७२ मेगावाट विद्युत् प्रणालीमा थपिने घिसिङले जानकारी दिए ।
अहिले नेपालको कुल जडित क्षमता करिब ३ हजार मेगावाट रहेको छ । यी आयोजनाको बिजुली ग्रिडमा जोडिएपछि नेपालको कुल जडित क्षमता ३ हजार ४०० मेगावाट पुग्ने छ ।
स्रोत : ऊर्जा खबर
#कुलमान घिसिङ #जडित क्षमता #नेपाल विद्युत प्राधिकरण
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal