December 2, 2024

विद्युत प्राधिकरणद्वारा १० मेगावाटसम्मका आयोजनालाई PPA का लागि आह्वान

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्म जडित क्षमता भएका जलविद्युत् आयोजनाहरुलाई विद्युत् खरिद बिक्री सम्झौता (PPA) का लागि आह्वान गरेको छ । प्राधिकरणले विद्युत् जडान सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भएको रोलक्रमका आधारमा नदी प्रवाही (ROR) र आंशिक जलाशय (PRoR) आयोजनाका प्रवर्द्धकलाई पीपीएका लागि आह्वान गरेको हो ।

विद्युत् व्यापार विभागले आवश्यक कागजातहरू र दस्तावेज सहित पीपीएका लागि विभागमा निवेदन पेस गर्न सूचना जारी गरेको छ । यसैगरी, विभागले पीपीए सम्झौता सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूको २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भएको भए त्यस्ता आयोजनालाई पनि संसोधित पीपीए गर्न बोलाएको हो ।

प्राधिकरणको २०८० माघ २४ गते बसेको सञ्चालक समितिको बैंकठले पीपीए खोल्न निर्णय गरेको थियो । बैठकले साना लगानीकर्ताहरूलाई प्रोत्साहन गर्न पीपीए सीमाको अधीनमा नरहने गरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका वा हुने आयोजनाहरूमध्ये १० मेगावाटसम्म जडित क्षमता भएका आरओआर तथा पीआरओआर जलविद्युत् आयोजनाहरूलाई Take or Pay प्रावधानमा पीपीए गर्ने निर्णय गरेको थियो ।

त्यसका साथै पीपीए सम्झौता सम्पन्न भइसकेका आरओआर तथा पीआरओआर आयोजनाहरूको हकमा बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि हुँदा समेत पीपीएको सीमाको अधीनमा नरहने गरी सम्झौता संशोधन गर्ने निर्णय गरेको थियो ।

स्रोत : नेपाल विद्युत प्राधिकरण

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand