काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ।
प्राधिकरणको चालु आर्थिक वर्षको ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रूपैयाँ आम्दानी गरेको छ।
विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरूलगायतमा जम्मा ५१ अर्ब ९२ करोड ७१ लाख रूपैयाँ खर्च भएको छ। प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।
प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रूपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रूपैयाँ नाफा गरेको थियो।
आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा छ।
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रूपैयाँ संकलन गरेको छ।
यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रूपैयाँको विद्युत खरिद गरिएको छ।
प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख रूपैयाँ र भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रूपैयाँको विद्युत आयात गरिएको बताइएको छ।
#NEA #नेपाल विद्युत प्राधिकरण
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal