काठमाडौँ । पिपुल्स इनर्जी लिमिटेडले प्रवर्द्धन गरेको ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनाको ठाडो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।
आयोजनाको १६२ मिटर लामो ठाडो सुरुङ खन्ने काम मंगलवार मात्र सम्पन्न भएको हो । आयोजनाको हाल करिब ८० प्रतिशत काम सम्पन्न भएको छ । आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ।
आयोजनाको व्यवसायिक विद्युत उत्पादन गर्नुपर्ने मिति २०८१ माघमा रहेको छ । आयोजनाको २ वटा ठाडो सुरुङ मध्ये ६७ मिटरको अर्को सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । खिम्ती–२ जलविद्युत् आयोजनामा मुख्य सुरुङ सहित ८ हजार ३०५ मिटर सुरुङ निर्माण हुनेछ ।
दोलखाको जिरी नगरपालिकाको धारापानीमा हेडवक्स रहेको खिम्ति खोलामा निर्माणाधिन जलविद्युत आयोजनाको विद्युतगृह भने रामेछापको तामाकोशी गाउँपालिका पलाँतेमा निर्माणाधिन रहेको छ ।
नदी प्रवाहमा आधारित (ROR) आयोजनाको अनुमानित लागत ८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।
स्रोत : जलसरोकार
#खिम्ती-२ #जलविद्युत आयोजना
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal