October 4, 2024

ऊर्जामा बैंकको ऋण लगानी : अहिलेसम्म कति लगानी गरे, थप कति लगानी गर्न सक्छन् ?

काठमाडौं । राष्ट्र बैंकको तथ्याङक अनुसार माघ मसान्तसम्म ऊर्जा क्षेत्रमा सबैभन्दा धेरै ऋण कुमारी बैंकले दिएको छ । बैंकले ३१ अर्ब १३ करोड ८७ लाख ५० हजार रुपैयाँ उर्जामा लगानी गरेको छ ।

साथै, उर्जामा सबैभन्दा कम कर्जा दिनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले ४ अर्ब ६ करोड ८९ लाख रुपैयाँ उर्जा क्षेत्रमा कर्जा दिएको छ ।

उर्जा क्षेत्रमा धेरै कर्जा दिने दोस्रो बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले २८ अर्ब २८ करोड १८ रुपैयाँ प्रवाह गरेको छ ।

यस्तै उर्जामा ग्लोबल आइएमई बैंकले २७ अर्ब ३५ करोड ६७ लाख ७० हजार रुपैयाँ, नबिल बैंकले २२ अर्ब १६ करोड ३३ लाख ८० हजार, एनएमबि बैंक २१ अर्ब ४४ करोड, लक्ष्मी सनराइज बैंकले २१ अर्ब ३३ करोड २४ लाख, राष्ट्रिय वाणिज्य बैंकले १९ अर्ब ८८ करोड ३४ लाख, प्रभु बैंकले १८ अर्ब ३ करोड ७१ लाख रुपैयाँ कर्जा दिएका छन् ।

यस्तै सानिमा बैंकले १६ अर्ब ८१ करोड ९८ लाख, प्राइम बैंकले १५ अर्ब ६३ करोड ५४ लाख, हिमालयन बैंकले १४ अर्ब ९० करोड ८७ लाख, सिद्धार्थ बैंकले १४ अर्ब ९० करोड ३१ लाख, एभरेष्ट बैंकले १३ अर्ब २४ करोड ६४ लाख, सिटिजन्स बैंकले १३ अर्ब १० करोड ९३ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, नेपाल बैंकले १२ अर्ब ४५ करोड ७९ लाख, माछापुच्छ्रे बैंकले ११ अर्ब ४० करोड २६ लाख, नेपाल एसबिआईले ८ अर्ब ९१ करोड ८० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ७ अर्ब ९८ करोड ९० लाख र कृषि विकास बैंकले ५ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ ऊर्जामा कर्जा दिएका छन् ।

स्रोत : क्लिकमान्डू

# #

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

सम्पर्क

फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com

ठेगाना

नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal

Copyright Reserved by UrjaClips ।। Developed by Nepbrand