काठमाडौँ। पिस इनर्जी कम्पनी प्रालिले ताप्लेजुङमा निर्माण गरिरहेको २८.१ मेगावाटको माथिल्लो काबेली खोला जलविद्युत् आयोजनावित्तीय व्यवस्थापन टुंगो लागेको छ ।
आयोजनामा माछापुच्छ्रे बैकको अगुवाईमा ४ बैंकले लगानी गर्ने भएका छन् । बैंकले ४ अर्ब २३ करोड ५० लाख रुपैयाँ लगानी गर्नेगरी वित्तीय व्यवस्थापनको सम्झौता सम्पन्न भएको हो ।
आयोजनामा माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ५० लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब र लक्ष्मी सनराइज बैंकले ७५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
आयोजनामा बाँकी २५ प्रतिशतले हुन आउने १ अर्ब ४१ करोड १९ लाख रुपैयाँ प्रवर्द्धकहरूको स्वपूँजी रहने छ । आयोजना सम्पन्न गर्न ५ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
यो आयोजनामा अमेरिकामा रहेका गैरआवासीय नेपालीको लगानी रहेको छ ।
#गैरआवासीय नेपाली #माथिल्लो काबेली
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
फाेन: +977-9800000000
ईमेल: urjaclips@gmail.com
नयाँ बानेश्वर, काठमाडाैं, नेपाल
Kathmandu, Nepal